दफा २१
साधारण सभा
(१) कोषको स्थापना भएको एक वर्षभित्र प्रारम्भिक साधारण सभा बस्नेछ । त्यसपछि प्रत्येक वर्ष आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारण सभा बस्नेछ ।
(२) -उपदफा (१) बमोजिम साधारण सभा बस्नुभन्दा कम्तीमा एक्काइस दिन अगावै सभा बस्ने स्थान, मिति र समय तोकी सभाको कार्यसूची (एजेण्डा) सहितको सूचना कोषले सबै शेयरवालाहरुलाई दिनु पर्तेछ र त्यस्तो सूचना कम्तीमा दुई पटक राष्ट्रियस्तरका दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।
(३) कोषको कूल शेयर संख्याको साठी प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी कूल शेयरवालाहरू मध्ये दश प्रतिशत शेयरवालाहरू स्वयं वा आफनो प्रतिनिधिद्वारा उपस्थित भएमा साधारण सभाको लागि गणपूरक संख्या पुगेको मानिनेछ । (४) उपदफा (३) मा लेखिएबमोजिमको संख्यामा शेयरवालाहरू उपस्थित नभएकोले सभा हुन नसकेमा कम्तीमा सात दिनको सूचना दिई अर्को पटक सभा बोलाउँदा कूल शेयर संख्याको तेत्तीस प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी साधारण सभामा उपस्थित भई मतदान गर्न पाउने कम्तीमा पाँचजना शेयरवालाहरू स्वयं उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।
(४क) उपदफा (४) बमोजिम अर्कोपटक सभा बोलाएको सूचना दिँदा राष्ट्रियस्तरको कनै दैनिक पत्रिका मार्फत् दिन सकिनेछ र त्यसरी _दिएको सूचनालाई रीतपूर्वकको सूचना मानिनेछ ।
(५) सभामा भाग लिने र मतदान गर्ने अधिकार तथा सभा सञ्चालनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।